भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

थन्किएर बसेका सरकारी यातायातको बिक्री गर्न एमालेको माग

थन्किएर बसेका सरकारी यातायातको बिक्री गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री वितरण गर्न माग गरेका छन्। मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले देशभर बिग्रेर बसेका सवारी साधनहरूको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धी विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

सांसद गैरेले वातावरणलाई प्रदूषित गर्ने ढंगले अर्बौको सवारी साधनहरूलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए। सरकारी कार्यालयलाई बिग्रेर सवारी साधनहरू थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.