भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन आग्रह

तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराईका मध्य तथा पश्चिमी भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, तराईका मध्य तथा पश्चिमी भूभागमा अबका तीन दिन तातो हावाको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

महाशाखाले मंगलबार तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी मंगलबार नवौँ विशेष बुलेटिन जारी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.