भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन आग्रह

तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराईका मध्य तथा पश्चिमी भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, तराईका मध्य तथा पश्चिमी भूभागमा अबका तीन दिन तातो हावाको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

महाशाखाले मंगलबार तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी मंगलबार नवौँ विशेष बुलेटिन जारी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.