भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

लाइसेन्स छपाईदेखि वितरण नविकरण गर्ने सम्पुर्ण जिम्मा प्रदेश स्थित यातायात व्यवस्था कार्यालयलाई

लाइसेन्स छपाईदेखि वितरण नविकरण गर्ने सम्पुर्ण जिम्मा प्रदेश स्थित यातायात व्यवस्था कार्यालयलाई

काठमाडौं । नयाँ लाइसन्सहरू प्रदेशबाट क्यूआरकोडसहितको कार्डमा छपाई हुने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेहरुको संख्या दिन प्रतिदिन बढ्न थालेपछि नियमावली संशोधन गरेर चिप्सको स्थानमा क्युआर कोड राखेर सवारी लाइसेन्स बितरण गर्ने विभागले जनाएको छ ।

लाइसेन्स वितरण गर्नुपर्ने सख्यामा वृद्धि हुँदै २८ लाखको सख्यामा पुगिसकेको छ । नीति तथा पापदण्ड बनाउने अधिकार सघको भएको र यातायात विभाग अन्तर्गतका सबै कार्यालय प्रदेश सरकालाई हतान्तरण भएपछि सवारी लाइसेन्स छपाईदेखि वितरण नविकरण गर्ने सम्पुर्ण जिम्मा प्रदेश स्थित यातायात व्यवस्था कार्यालयको रहेको बिभागले जनाएको छ ।

क्यूआर प्रिन्टर सस्तो पर्ने र विवरण गर्न समेत सहज हुने हुँदा अब सोही अनुसार प्रदेशहरूले छाप्न सक्ने निर्णय भएको विभागले जनाएको छ । बागमती प्रदेशले खरिद गर्न गइरहेको क्यूआर कोड पढ्ने उपकरणले नागरिक एपबाहेक राष्ट्रिय परिचयपत्र नम्बर वा त्यसको क्यूआर, सवारीचालक अनुमतिपत्र नम्बरका आधारमा त्यसको आधिकारिकता जाँच्न सक्छ । क्षमता देशव्यापी गराउनेबारे समेत छलफल भइरहेको विभागले जनाएको छ ।

नेपालका ४५ वटा यातायात कार्यालयबाट दैनिक करिब छ हजारको हाराहारीमा नयाँ सवारीचालक अनुमतिपत्र जारी हुने गरेको छ । प्रत्येक दिन थपिने नयाँ र पुराना गरेर लाखौँ लाइसन्स वितरण हुन नसकिरहेको अवस्थामा विदेश जानेहरूलाई बाहेक अरूका लागि स्मार्ट लाइसन्स छाप्न बन्द गरेको विभागले प्रदेशहरूलाई त्यससम्बन्धी अख्तियारी दिने काम अघि बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.