भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आठबीसकोटका मृतकका परिवारले पाए राहत

आठबीसकोटका मृतकका परिवारले पाए राहत

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ । आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर वडा नं ९, १०, ११, १२, १३, र १४ का २८ घरपरिवारले आफन्त गुमाउनु परेको थियो ।

आफन्त गुमाएका सबै परिवारलाई दुई दिन लगाएर राहतसँगै किरिया खर्च दिइएको छ । प्रत्येक मृतक परिवालाई रु २५ हजारका दरले किरिया खर्च दिएको आठबीसकोट नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन् । उनका अनुसार घरबारविहीन भएका परिवारलाई पनि आवश्यक पर्ने खाद्यान्नलगायत अन्य सामग्रीको पाकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ । नगरपालिकामा उपलब्ध भएको खाद्यान्नलगायत अन्य राहत पीडितका क्षेत्रमा लगेर वितरण गरिरहेको उपप्रमख शाहीले जानकारी दिइन् ।

भूकम्पका कारण आठबीसकोटमा ४२ र जाजरकोटमा दुईजना गरेर ४४ जनाको मृत्यु भएकामा चारजना भने जिल्लाबाहिरका रहेको नगरपलिका जिन्सी शाखाप्रमुख टेकबहादुर चन्दले जानकारी दिए । त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई गाउँपालिकाले राहतसँगै रु २५ हजार किरिया खर्च उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता पहलसिङ घर्तीले बताए । यहाँ १२ जनाको मृत्यु भएको थियो । गत शुक्रबार आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिममा मानवीय क्षतीसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.