भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाशिलाका सामुदायिक विद्यालय अब्बल, छैनन् निजी विद्यालय

महाशिलाका सामुदायिक विद्यालय अब्बल, छैनन् निजी विद्यालय

पर्वत । सामुदायिक (सरकारी) विद्यालयको गुणस्तरमा सुधार हुँदै गएपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका छन्। निजी विद्यालय नहुने जिल्लाका ७ गाउँपालिकामध्ये एकमात्र महाशिला हो। अन्य ६ पालिकामा भने निजी विद्यालय सञ्चालन भइरहेका छन्।

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सरकारी विद्यालयको गुणस्तर सुधार भएसँगै गाउँपालिकाका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन्। हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका लामो समयसम्म विद्यालयमा नटिक्ने भएपछि गाउँपालिकाले सरकारी विद्यालयबाट नै निजी विद्यालयसरहको शिक्षा दिन थालेको थियो।

सुरुवातमा कक्षा १ देखि ३ सम्म पालिका आफैँले दिवा खाजा कार्यक्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थी टिक्ने दर बढ्यो। पछि सरकारले कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।

उनका अनुसार अहिले नर्सरीदेखि १० कक्षासम्म नै सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको छ। उनले भने, ‘निजी विद्यालय नहुने जिल्लाभरमा हाम्रो पालिका मात्रै हो।’ गाउँपालिकाले अंग्रेजी भाषाप्रतिको मोह अन्त्य गर्न सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको छ।

बोर्डिङ स्कुलले दिने शिक्षा सरकारी विद्यालयबाटै दिन थालिएको अध्यक्ष भुसालको भनाइ थियो। त्यसका लागि विद्यालयका नयाँ र पुराना शिक्षकलाई समेत आवश्यक तालिम दिएर मासिक उपलब्धि मापन परीक्षासमेत लिने गरिएको छ।

शिक्षक आफैँले प्रश्नपत्र तयार गर्दा नतिजा राम्रो नआउने भएकाले बाहिरबाट विषय विज्ञ बोलाएर प्रश्नपत्र तयार गर्ने र शिक्षकको नभइ कर्मचारीको रोहबरमा परीक्षा लिने तथा नतिजा विश्लेषण गर्ने गरिएको उनले बताए। गाउँपालिकाले तीनवटा विद्यालयलाई आवासीय विद्यालयको रुपमा समेत सञ्चालन गरेको छ।

वडा नं १ मा रहेको गोल्र्याङधाम आधारभूत विद्यालय, वडा नंं ४ पाखापानीमा रहेको स्वधर्म मावि र वडा नं ५ लङ्खुदेउरालीमा रहेको महेन्द्रज्योति माविलाई पूर्ण तथा आंशिक रुपमा आवासीय विद्यालय सञ्चालन गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमै राख्ने र पढाइसँगै अतिरिक्त क्रियाकलाप सिकाउने गरिएको छ।

यस वर्षदेखि आवासीय विद्यालय थप गर्ने योजनासमेत पालिकाले बनाएको छ। आवासीय विद्यालयमा परिचालन हुने शिक्षकलाई गाउँपालिकाले तलबको थप ३५ प्रतिशत रकम उपलव्ध गराउँदै आएको छ। त्यसैगरी एक शिक्षक एक ल्यापटप र एक कक्षा एक प्रोजेक्टर कार्यक्रम लागू गरेर प्रविधिमैत्री शिक्षासमेत दिन थालिएको अध्यक्ष भुसालले बताए।

गाउँपालिकाका सबै शिक्षक कम्प्युटरमा पोख्त बनिसकेका छन्। महाशिलाले कृषि, पशु, स्वास्थ्यसम्बन्धी अध्ययन गर्नेलाई वार्षिक १ लाख रुपैयाँका दरले ४ वर्षसम्म अनुदान दिँदै आएको छ भने विज्ञान र गणित पढाउने शिक्षकको अभाव भएपछि गाउँपालिकाभित्रका उच्च शिक्षामा विज्ञान र गणित तथा नर्सिङ पढ्ने विद्यार्थीलाई वार्षिक ५० हजारका दरले ४ वर्षसम्म सहयोग गर्ने कार्यक्रमसमेत लागू गरेको छ।

उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम २ वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ। पालिकाभित्रकै सरकारी विद्यालयमा गुणस्तर सुधार भएपछि छोराछोरी पढाउनकै लागि बजार झर्ने क्रम रोकिएको गाउँपालिकाका पूर्वप्रवक्ता जीवनविक्रम उच्चैले बताए।

आफैँले सञ्चालन गरेको लुङ्खुदेउराली आवासीय बोर्डिङ स्कुललगायत अन्य वडामा रहेका गरी ४ वटा निजी विद्यालय बन्द भएको उनले बताए। रासस

 


Thali Mobile Pvt.Ltd.