चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो र गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा आएन

चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो र गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा आएन image

काठमाण्डौ । सिन्धुपाल्चोकको गौरीशंकर र मनाङको तिमाङ संरक्षणमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रको वनमा शुक्रवारदेखि लागेको आगो नियन्त्रण लिन नसकिएको हो ।

आइतवार सिम्रिक एअरको हेलिकोप्टरबाट पानी ओसारेर डढेलो निभाउने प्रयास गरिएको थियो । भोटेकोशी नदीको पानी ओसारेर खन्याइए पनि डढेलो ननिभेपछि सोमबार हेलिकोप्टर फर्किएको हो ।

चीनसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रवारदेखि डढेलो लागेको हो । लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडमा शुक्रवार वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएको प्रारम्भिक अनुमान छ ।

मनाङको तिमाङ जङ्गलमा शुक्रवार बेलुकीदेखि शुरू भएको डढेलो निभाउन सकिएको छैन । भिर क्षेत्रमा आगलागी भएकाले अहिलेसम्म बस्तीमा जोखिम नरहेको जनाइएको छ । आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्छ ।

२०७७ सालमा मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । त्यसबेला मनाङको एक हजार दुई सय हेक्टर वनजङ्गल नष्ट भएको थियो । चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda