भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो र गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा आएन

चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो र गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा आएन

काठमाण्डौ । सिन्धुपाल्चोकको गौरीशंकर र मनाङको तिमाङ संरक्षणमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रको वनमा शुक्रवारदेखि लागेको आगो नियन्त्रण लिन नसकिएको हो ।

आइतवार सिम्रिक एअरको हेलिकोप्टरबाट पानी ओसारेर डढेलो निभाउने प्रयास गरिएको थियो । भोटेकोशी नदीको पानी ओसारेर खन्याइए पनि डढेलो ननिभेपछि सोमबार हेलिकोप्टर फर्किएको हो ।

चीनसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रवारदेखि डढेलो लागेको हो । लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडमा शुक्रवार वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएको प्रारम्भिक अनुमान छ ।

मनाङको तिमाङ जङ्गलमा शुक्रवार बेलुकीदेखि शुरू भएको डढेलो निभाउन सकिएको छैन । भिर क्षेत्रमा आगलागी भएकाले अहिलेसम्म बस्तीमा जोखिम नरहेको जनाइएको छ । आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्छ ।

२०७७ सालमा मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । त्यसबेला मनाङको एक हजार दुई सय हेक्टर वनजङ्गल नष्ट भएको थियो । चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.