युद्धविरामकै बीच इजरायली हवाई आक्रमण, ४ प्यालेस्टिनीको मृत्यु भएको पुष्टि

युद्धविरामकै बीच इजरायली हवाई आक्रमण, ४ प्यालेस्टिनीको मृत्यु भएको पुष्टि image

एजेन्सी । दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणबाट चार प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी पश्चिम किनारमा रहेको जेनिन शहरमा इजरायलले गरेको आक्रमणबाट चार जना प्यालेस्टितीको मृत्यु भएको हो ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले बमबारी पछि जेनिनको पूर्वी छिमेकबाट दुई पीडित र एक घाइतेको शव अस्पताल पुर्‍याएको छ ।
इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि लक्षित गरेको थियो । जसको परिणामस्वरूप अन्य दुई युवाहरूको मृत्यु भयो ।

अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ । जसको परिणामस्वरूप इजरायली गोलीबारी र हवाई हमलाका कारण ८ सयभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुुसार जेनिनको दक्षिणमा रहेको कबाटिया शहरको केन्द्रमा रहेको एउटा सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाएको थियो । गाडीमा भएको हमलामा दुई प्यालेस्टिनी युवाहरू मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda