भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

युद्धविरामकै बीच इजरायली हवाई आक्रमण, ४ प्यालेस्टिनीको मृत्यु भएको पुष्टि

युद्धविरामकै बीच इजरायली हवाई आक्रमण, ४ प्यालेस्टिनीको मृत्यु भएको पुष्टि

एजेन्सी । दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणबाट चार प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी पश्चिम किनारमा रहेको जेनिन शहरमा इजरायलले गरेको आक्रमणबाट चार जना प्यालेस्टितीको मृत्यु भएको हो ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले बमबारी पछि जेनिनको पूर्वी छिमेकबाट दुई पीडित र एक घाइतेको शव अस्पताल पुर्‍याएको छ ।
इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि लक्षित गरेको थियो । जसको परिणामस्वरूप अन्य दुई युवाहरूको मृत्यु भयो ।

अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ । जसको परिणामस्वरूप इजरायली गोलीबारी र हवाई हमलाका कारण ८ सयभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुुसार जेनिनको दक्षिणमा रहेको कबाटिया शहरको केन्द्रमा रहेको एउटा सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाएको थियो । गाडीमा भएको हमलामा दुई प्यालेस्टिनी युवाहरू मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.