भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल

बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके उनीहरुको भविष्य उज्ज्वल हुने बताउँनु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित युवा लक्षित ४ महिने आधारभूत पाक शिक्षा र एड्भान्स सिलाई तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्तममा विहिबार सांसद सुवाले उक्त कुरा बताएका हुन । उनले युवाहरुलाई मद्यपान र धुम्रपानबाट टाढा राख्नुपर्ने बताउँदै बद्लिँदो समय सँगै पेशा व्यवसायहरु पनि परिस्कृत हुँदै गएको जानकारी दिए ।

विद्यार्थीहरुलाई सानो उमेरदेखि चित्रकला, कलाकारितातर्फ लाग्न प्रेरित गर्नु अभिभावक तथा शिक्षकको दायित्व भएको सांसद सुवालले बताए । कार्यक्रममा बोल्दै सांसद सुवालले सिलाई व्यवसाय आफैमा एउटा महत्वपूर्ण पेशा भएको बताउँदै सबै पेशा व्यवसाय सम्मानजनक भएकाले सन्तुलित भोजन पनि निरोगी हुने आधार भएको बताए ।

युवाहरुले समाज निर्माणमा विशेष योगदान पुर्‍याउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै युवाहरुमा स्वयम्सेवाको भावना आवश्यक भएको र प्रशिक्षार्थी भविष्यका कुशल प्रशिक्षक हुने हुँदा राम्रोसँग ज्ञान हासिल गर्न सांसद सुवालले प्रेरित गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाणपत्र सँगै हातमा कुनै एउटा सीप प्रदान गर्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपले युवालाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउने तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.