भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके उनीहरुको भविष्य उज्ज्वल हुने बताउँनु भएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित युवा लक्षित ४ महिने आधारभूत पाक शिक्षा र एड्भान्स सिलाई तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्तममा विहिबार सांसद सुवाले उक्त कुरा बताएका हुन । उनले युवाहरुलाई मद्यपान र धुम्रपानबाट टाढा राख्नुपर्ने बताउँदै बद्लिँदो समय सँगै पेशा व्यवसायहरु पनि परिस्कृत हुँदै गएको जानकारी दिए ।
विद्यार्थीहरुलाई सानो उमेरदेखि चित्रकला, कलाकारितातर्फ लाग्न प्रेरित गर्नु अभिभावक तथा शिक्षकको दायित्व भएको सांसद सुवालले बताए । कार्यक्रममा बोल्दै सांसद सुवालले सिलाई व्यवसाय आफैमा एउटा महत्वपूर्ण पेशा भएको बताउँदै सबै पेशा व्यवसाय सम्मानजनक भएकाले सन्तुलित भोजन पनि निरोगी हुने आधार भएको बताए ।
युवाहरुले समाज निर्माणमा विशेष योगदान पुर्याउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै युवाहरुमा स्वयम्सेवाको भावना आवश्यक भएको र प्रशिक्षार्थी भविष्यका कुशल प्रशिक्षक हुने हुँदा राम्रोसँग ज्ञान हासिल गर्न सांसद सुवालले प्रेरित गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाणपत्र सँगै हातमा कुनै एउटा सीप प्रदान गर्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपले युवालाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउने तर्क गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...