भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने

युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने

सिड्नी । अष्ट्रेलियामा नेपाली व्यवसायी सम्मानीत भएका छन् । सिड्नीका युवा उद्यमी तथा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) सम्मानीत भएका हुन । उनलाई न्यू साउथ वेल्स राज्य सरकारले विशेष सम्मान प्रदान गरेको हो ।

अष्ट्रेलियामा सरकारले औपचारिक रूपमा सम्मान प्राप्त गर्ने उनी नेपाली मुलका पहिलो सामाजिक अगुवा हुन । साना व्यवसाय, भूमि तथा सम्पत्ति तथा बहुसांस्कृतिक मामिला मन्त्री स्टेफन क्याम्परले एक सम्मानपत्र प्रदान गरेका हुन्।

Young businessman

मन्त्री स्टेफनको न्यू साउथ वेल्सस्थित कार्यालयमा आयोजित कार्यक्रममा उनले रकडेल क्षेत्रमा व्यवसायमार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै म्याक्सलाई एक सफल व्यवसायी तथा सामुदायिक अगुवाका रूपमा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा, गैरआवासीय नेपाली संघ आरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा समुदायका अन्य अगुवाहरूको उपस्थिति रहेको थियो।

मन्त्री क्याम्परले २३ वर्षको कलिलो उमेरमा नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया आएका म्याक्स बाबुले विभिन्न संघर्ष गर्दै सफल उद्यमी बन्न सफल भएकोमा प्रशंसा गरे।

सम्मान प्राप्त गरेपछि म्याक्सले सम्मानले आगामी दिनमा व्यवसाय र समुदायका लागि अझ राम्रो काम गर्दै अघि बढ्न अझ बढी ऊर्जा दिएको प्रतिक्रिया दिए।

 


Thali Mobile Pvt.Ltd.