भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने

युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने image

सिड्नी । अष्ट्रेलियामा नेपाली व्यवसायी सम्मानीत भएका छन् । सिड्नीका युवा उद्यमी तथा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) सम्मानीत भएका हुन । उनलाई न्यू साउथ वेल्स राज्य सरकारले विशेष सम्मान प्रदान गरेको हो ।

अष्ट्रेलियामा सरकारले औपचारिक रूपमा सम्मान प्राप्त गर्ने उनी नेपाली मुलका पहिलो सामाजिक अगुवा हुन । साना व्यवसाय, भूमि तथा सम्पत्ति तथा बहुसांस्कृतिक मामिला मन्त्री स्टेफन क्याम्परले एक सम्मानपत्र प्रदान गरेका हुन्।

Young businessman

मन्त्री स्टेफनको न्यू साउथ वेल्सस्थित कार्यालयमा आयोजित कार्यक्रममा उनले रकडेल क्षेत्रमा व्यवसायमार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै म्याक्सलाई एक सफल व्यवसायी तथा सामुदायिक अगुवाका रूपमा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा, गैरआवासीय नेपाली संघ आरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा समुदायका अन्य अगुवाहरूको उपस्थिति रहेको थियो।

मन्त्री क्याम्परले २३ वर्षको कलिलो उमेरमा नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया आएका म्याक्स बाबुले विभिन्न संघर्ष गर्दै सफल उद्यमी बन्न सफल भएकोमा प्रशंसा गरे।

सम्मान प्राप्त गरेपछि म्याक्सले सम्मानले आगामी दिनमा व्यवसाय र समुदायका लागि अझ राम्रो काम गर्दै अघि बढ्न अझ बढी ऊर्जा दिएको प्रतिक्रिया दिए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda