विश्वमा धेरै धर्म छन् । अनुयायीहरू पनि त्यतिकै संख्यामा छन् । धर्म–धर्मको बीच आलोचना गर्नु राम्रो पक्ष होइन । संसारमा धर्मकै कारण कयौँ युद्धहरू भएका छन् । कयौँ मानिसको ज्यान गएकाे छ । युद्धकै कारण सामाजिक संरचनाहरू भताभुङ्ग भएका छन् भने कयौँ मानिसहरू अङ्गभङ्ग भएका छन् ।
हुन त धर्मले लडाइँ गर्नु महापाप हो भनेको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्र सबै धर्मको हुन्छ । त्यही पनि धर्म–धर्मको विषय लिएर ठुला–ठुला युद्ध भएकाे उदाहरण प्रसस्त छन् । यसो हुनुको कारण वास्तविक धर्मको मर्म नबुझेर हो । किनकि, सबै धर्मावलम्बीहरूको चाहना एउटै हुन्छ । त्यो हो, ईश्वरसँग साक्षात्कार ।
परमेश्वर एउटै हुनुहुन्छ । सबै प्राणीको आत्मा एउटै हो । कसैको ठुलो र सानो हुँदैन । आत्मा नै परमात्मा हो । ईश्वरको बास नै आत्मामा हुन्छ । ईश्वर खोज्दै ठाउँ–ठाउँ भौँतारिनु पर्दैन र धर्म–धर्मका बीचमा लड्नु हुँदैन । प्रार्थना गर्ने बाटो मात्रै फरक हो, केन्द्रबिन्दु एउटै हो ।धर्म आस्था र विश्वास हो । आस्था र विश्वासले धारण गर्नु नै धर्म हो ।
मानिसले कुनै पनि धर्मप्रति आस्था राखेको हुन्छ । त्यसको धर्म त्यही हो । आफूसँग जति छ त्यसले त्यति नै लिन्छ । मानिस धर्म निरपेक्ष हुन सक्दैन । उसले कति बुझ्याे त्यसमा भर पर्दछ । धर्मलाई विवादमा ल्याउने र समाजमा दिग्भ्रमित गराउने तत्वहरू अधर्मी हुन् । तिनीहरूले त्यही काम गर्छन् ।
धर्म के हाे यसका बारेमा जान्ने विद्धानहरूले व्याख्या गर्नु पर्दछ । नत्र समाजमा त्यस्ता मान्छे उत्साहित हुन्छन् । हजारौँ वर्षदेखि चलिआएको सनातन परम्परा बिथोल्ने प्रयास यहाँ भइरहेको देखिन्छ । यसतर्फ सबै सचेत रहनु पर्दछ । अहिले त्यही भइरहेको छ ।
ईश्वरको जन्म र मृत्यु हुँदैन । ईश्वर अनादि छन् । ईश्वर प्रति विश्वास गर्ने बैदिक सनातनीहरुले साधना गरेर आफ्नो शरीरमा भएको मनलाई दूषित गराउने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता शत्रुलाई संहार गर्दछन् । धर्म भनेको पर–भाव होइन, स्व–भाव हो । धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो ।
आगोको स्वभाव पोल्नु हो । त्यसैले पोल्नु नै आगोको धर्म हो । आगोले सबैलाई पोल्छ केही बाँकी राख्दैन । मानिसको स्वभाव कल्याण गर्नु हो । त्याे नै मानिसको धर्म हो । यो कुरा जुनसुकै धर्म अवलम्बन गर्नेले पनि स्वीकारेका छन् ।
बैदिक सनातनीहरुको मुल ग्रन्थ वेदमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत’ भन्ने शब्द उल्लेख गरेको छ । यसबाट चराचर जगतमा सृष्टि भएका सबै प्राणी सुखी हुन ।
समस्त जगतमा सृष्टि माथि अत्याचार हुन लागेमा भगवान अनादि हुन्दा हुन्दै पनि धर्म रक्षार्थकोलागी भगवानले मानवरुपी देहधारण गरी जन्म लिनु हुन्छ भन्ने बैदिक सनातनका ग्रन्थहरुमा उल्लेख छ । धर्म शास्त्रमा भगवान् नारायणले दस अवतार लिने भन्ने उल्लेख छ । नवौँ अवतार गौतम बुद्ध हुनुहुन्छ भने दशौँ अवतार कल्की अवतार लिने भन्ने उल्लेख गरिएको छ ।
त्रेता युगमा रामचन्द्र भगवानको जन्म भएको थियो । उहाँको जन्म पृथ्वीमा भएको हो । राम जन्मँदा विश्वमानचित्रको नामकरण बेग्लै थियो । अहिले राजनीतिक र प्रशासनिक नक्सा बदलिएको छ । विभिन्न कालखण्डमा विश्वको भूगोल बदलिएको छ ।
विश्वास र आस्थाका कारण भगवान रामचन्द्रलाई मान्दै र पुज्दै आएकाे देखिन्छ । द्धवापर युगमा भगवान कृष्णको जन्म भयो । त्यसैगरि बिभिन्न कालखण्डमा बिभिन्न रुप धारण गरि धर्म रक्षार्थको लागि भगवानले जन्म लिएको वैदिक धर्मशास्त्रका ग्रन्थहरुमा भएको उल्लेख छ ।
हिन्दु धर्मको उत्पत्तिको बारेमा अहिलेसम्म कसैले उत्तर दिन सकेका छैनन् । तर अरू धर्महरूको उत्पत्ति कुनै विशेष देशकालमा जन्मेका एक एक जना महापुरुषबाट उत्पन्न भएकाले त्यसको निश्चित तिथिमिति दिन सकिन्छ । त्यसैले सनातन धर्म भनेको हिन्दु धर्म मात्र हो ।
यसमा दुईमत छैन । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन ।यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुन भनेर ग्रन्थमा उल्लेख छ । सनातन धर्म विश्वको सबैभन्दा पुरानो धर्म हो । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो ।
वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म भनिन्छ । सनातन भन्नाले परम्परागत चल्दै आएको जसको उत्पत्तिको बारेमा कसैलाई थाहा छैन । कसरी उत्पत्ति भयो त्यो पनि थाहा छैन । यी सबै कारण हिन्दु धर्म नै सनातन धर्म हो ।
भगवानको जन्मलाई निश्चित भौगोलिक घेराभित्र सीमित गर्नु हुँदैन । आस्था र विश्वासको भौगोलिक सीमा हुँदैन । भगवान चरा जगतका मालिक हुन । आकाश पृथ्वी जताततै ब्याप्त छन् । बुझ्नेले मात्र बुझ्न सक्छन् । अधर्मीहरु दुस्प्रचार गर्ने चेष्टा गर्छन् । तर, उनको मन पनि शान्ति हुदैन । कसैलाई चित्त बुझेन भन्दैमा अरूको आस्थामाथि चोट पु¥याउने अधिकार कसैलाई पनि छैन ।
सबैभन्दा ठुलो आस्था हो । आस्था कै कारण हामीले भगवानलाई पुज्दै आएकाे हाे । आस्था कै कारण भगवान पुजिन्छन् । कुनै पनि राष्ट्रको धर्म, संस्कृति नष्ट भएमा त्यो राष्ट्र स्वतः हराएर जान्छ भन्छन्, समाज विज्ञानका विज्ञहरू । त्यसैले कुनै पनि राष्ट्रको अलग अस्तित्वको लागि मौलिकता नै अपरिवर्तनीय हुनुपर्दछ ।
विविधताले भरिएको हाम्रो मुलुकमा अनेकताको प्रचार प्रसार गरेर मात्र राष्ट्रियता बलियो हुन सक्दैन । नेपालको अस्तित्व र पहिचान विश्वमै बेग्लै छ । यही नै नेपालको राष्ट्रियता बलियो आधार हुन सक्छ । किनकि विश्वका विकसित र लोकतान्त्रिक मुलुकहरूले पनि आफ्नो अस्तित्व र पहिचान कायम राख्न राष्ट्रिय धर्म कायम गरेका हुन्छन् ।
त्यसैले आफ्नै अस्तित्व मेटाउने गरी नयाँ नेपालको खोजी गर्नुभन्दा अस्तित्वको जगेर्ना गर्दै समृद्धशाली नेपाल बनाउनु नै राष्ट्रियता हो । यही नै हाम्रो धर्म हो ।
बंशीकुमार शर्मा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएको देखिएको छ । खरिद गरेको...
काठमाडौं । बृहत् शान्ति सम्झौता भएको पनि १७ वर्ष पुरा भएको छ । युद्धका घाउमा अझै मलहम लगाउन सकिएको छैन । अशान्ति फेरी हुन थालिसकेको छ । त्यही शान्ति...
हो म सानो छु किनकी मेरो कद सानो छ । उमेर सानो छ, सायद सोच पनि सानै होला ? तिमी ठूलो छौ, किन कि तिम्रो उचाईं ठूलो छ तर,...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति विवरण सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको प्रगति विवरण यहाँ प्रस्तुत गरिएको छ । कानुन तथा...