भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरीयाको राजधानी दमास्कस केन्द्रित हुँदै विद्रोही समुहले एकपछि अर्को शहर कब्जा

सिरीयाको राजधानी दमास्कस केन्द्रित हुँदै विद्रोही समुहले एकपछि अर्को शहर कब्जा

एजेन्सी । सिरियाली विद्रोहीहरूले दोस्रो ठूलो शहर कब्जा गरेका छन् । उनीहरुले हामा पनि पूर्ण नियन्त्रणमा लिएको बताएका हुन । इस्लामीक लडाकु समूह ‘हयात तहरीर अल–शाम’ (एच.टी.एस) का नेता अबु मोहम्मद अल–जवलानीले हामा शहरमा विजय घोषणा गरेका हुन् ।

अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको विद्रोही समुहले बिहीबार हामा शहरमाथि पूर्ण नियन्त्रण जमाएको दाबी गरेको हो ।
यसअघि एच.टी.एस तथा अन्य सहयोगी लडाकुहरुले हामा केन्द्रीय कारागार कब्जा गर्दै कैदीहरूलाई रिहा गरेका थिए ।

१० लाख मानिस बसोबास गर्ने हामा शहर एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा पर्दछ । हामाछि अब विद्रोही समुह दमास्कसको बाटोमा पर्ने अर्को शहर होम्सतर्फ अघि बढेको बताइएको छ ।

राष्ट्रपति बशर अल असदको सेनालाई राजधानी दमास्कस केन्द्रित गर्दै विद्रोही समुहले एकपछि अर्को शहर कब्जा गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.