भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

‘बुङालुङ’ ढुङ्गे बगैँचा मात्रै होइन, पर्यटकको प्रमुख रोजाइ पनि हो

‘बुङालुङ’ ढुङ्गे बगैँचा मात्रै होइन, पर्यटकको प्रमुख रोजाइ पनि हो

काठमाडौं । सेता र नीलाे देखिने रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकेको छ । लाग्छ झट्ट हेर्दा यो बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले कुदेर बनाएजस्तो । खोटाङकाे ककनीडाँडा भनेपछि नचिन्ने सायदै हाेलान् । ढुङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएर प्राकृतिक रुपमै पर्यटकलाई आकर्षित गरिरहेको छ । विभिन्न आकृति देखिने यो डाँडाको विशेषता अझ गम्भिर छ । धार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रा तय गरेपछि पुगिने ककनीडाँडामा ‘रक गार्डेन’ अर्थात ढुङ्गे बगैँचा निर्माणा भइरहेको अवस्थामा छ ।

स्थानीय बासिन्दाको घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका अहिले यसैमा लागिपरेको छ । प्राकृतिक सजिसजाउले भरिएका ढुङ्गालाई थप सजाउने, सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे प्रवेशद्धार बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूल आकृति बनाउने,

विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम धमाधम भइरहेको छ । हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ । सर्वोच्च शिखर सगरमाथालगायतका हिमालका दृश्य आँखै अगाडि कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने काम नगरपालिकाले गरिरहेको छ ।

एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी पनि निर्माण गर्न लागिएको छ । विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी, रक गार्डेनमा विद्युत्, खानेपानी, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्ने परिकल्पना गरिएको छ । भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती रहेको छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेलको प्रवेशस्थल पनि हो ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ । लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा विकसित गरेका छन् । हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ ।

खोटाङ ककनीडाँडा

इतिहास
एकिकरणमा नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो । यो भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो । पहाडका स साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे । चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए । विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो । यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समय यो क्षेत्र माथि विजय गरेका थिए ।

राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो । यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो । मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो । विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो ।

बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो । त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.