भर्खरै : Sorry, your browser does not support inline SVG.

दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा

दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा

मुख्य बुँदा

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे ।

टीकाको दिन बिहान ८:०९ बजे देवी विसर्जन गरिने ।

साइतमा टीका लगाउँदा पश्चिम मोहडा गरेर बस्नुपर्ने ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने ।

असोज २५ गते बिहान ११:४७ बजे घटस्थापनाको शुभ साइत ।

कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ ।

काठमाडौँ, २१ असाेज । यस वर्षको विजया दशमी अर्थात् दसैँको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको दिन बिहान ८ बजेर ९ मिनेटमा देवी विसर्जन गरेपछि साइतमा टीका लगाउन चाहनेले बिहान १० बजेर २६ मिनेटमा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्नेछन् ।

समितिले साइतमा टीका लगाउँदा पश्चिम मोहडा गरेर बस्नुपर्ने जनाएको छ । अर्थात् टीका लगाइमाग्ने व्यक्तिले पश्चिम फर्केर टीका ग्रहण गर्नुपर्नेछ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि उक्त समय निर्धारण गरिएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ ।

दसैँमा देशका विभिन्न ठाउँमा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने चलन छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहे पनि कतिपय ठाउँमा विजयादशमीकै दिन टीका लगाउने गरिन्छ ।

यस वर्षको नवरात्र असोज २५ गते आइतबारदेखि सुरु हुनेछ । उक्त दिन बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको समितिले जनाएको छ ।

असोज २६ गते सोमबार झण्डा फेर्ने साइत बिहान १० बजेर ७ मिनेटमा रहेको छ । असोज ३१ गते शनिबार फूलपाती परेको छ भने कात्तिक १ गते आइतबार महाअष्टमी र सोही राति कालरात्रि पर्व मनाइनेछ । कात्तिक २ गते सोमबार अष्टमी तिथि नै परेको छ । कात्तिक ३ गते मंगलबार महानवमी र कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ ।

 


Thali Mobile Pvt.Ltd.