भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अन्नपूर्णमा दुई स्पेनिस नागरिक बेपत्ता, चिप्लिएर खसेको आशंका

अन्नपूर्णमा दुई स्पेनिस नागरिक बेपत्ता, चिप्लिएर खसेको आशंका

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट २ स्पेनिस नागरिक बेपत्ता भएका छन् । उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन् ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए । सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनको भनाइ छ । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले बताए । बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ । गोताखोरको टोलीले अहिले खोलामा खोजी गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.