भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

अन्नपूर्णमा दुई स्पेनिस नागरिक बेपत्ता, चिप्लिएर खसेको आशंका

अन्नपूर्णमा दुई स्पेनिस नागरिक बेपत्ता, चिप्लिएर खसेको आशंका

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट २ स्पेनिस नागरिक बेपत्ता भएका छन् । उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन् ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए । सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनको भनाइ छ । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले बताए । बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ । गोताखोरको टोलीले अहिले खोलामा खोजी गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.