भर्खरै : Sorry, your browser does not support inline SVG.

देशभर २४ घण्टामा १७ विपद्का घटना, तीन जनाको मृत्यु

देशभर २४ घण्टामा १७ विपद्का घटना, तीन जनाको मृत्यु

काठमाडौं, २१ असाेज । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन् ।त्यस्तै, ओखलढुङ्गा, सल्यान, बागलुङ र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागीका घटना भएका छन् ।

बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङका घटना भएका छन् भने झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ । विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ । विभिन्न विपद्का कारण करिब ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा थप विपद्का घटना हुन सक्ने भन्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.