भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

रास्वपाको अवरोधकैबिच सभामुखले संसदीय कारवाही अघि बढाए

रास्वपाको अवरोधकैबिच सभामुखले संसदीय कारवाही अघि बढाए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ । बैठकमा रास्वपाका सांसदहरु आसन ग्रहण गर्नै नमानेरै अवरोध गरेका हुन ।

रास्वपाका सांसदहरुले सुरुमै बोल्न पाउनुपर्ने भन्दै आकस्मिक समय माग्दै वैठकमा आसनबाट उठेर विरोध गरेका हुन् । सभामुखले राष्ट्रपतिले अधिवेशनसम्बन्धी पत्र पढेर सुनाएपछि आसनबाट उठेका रास्वपाका सांसदहरुलाई सभामुखले आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु उठेर विरोध गरेका हुन् ।

सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले संसदीय कारवाही अघि बढाउदै राष्ट्रपतिबाट संसदलाई प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.