भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रास्वपाको अवरोधकैबिच सभामुखले संसदीय कारवाही अघि बढाए

रास्वपाको अवरोधकैबिच सभामुखले संसदीय कारवाही अघि बढाए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ । बैठकमा रास्वपाका सांसदहरु आसन ग्रहण गर्नै नमानेरै अवरोध गरेका हुन ।

रास्वपाका सांसदहरुले सुरुमै बोल्न पाउनुपर्ने भन्दै आकस्मिक समय माग्दै वैठकमा आसनबाट उठेर विरोध गरेका हुन् । सभामुखले राष्ट्रपतिले अधिवेशनसम्बन्धी पत्र पढेर सुनाएपछि आसनबाट उठेका रास्वपाका सांसदहरुलाई सभामुखले आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु उठेर विरोध गरेका हुन् ।

सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले संसदीय कारवाही अघि बढाउदै राष्ट्रपतिबाट संसदलाई प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.