भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अमेरिकाले क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने

अमेरिकाले क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने

एजेन्सी । अमेरिकाले क्युबामा रहेको बन्दी गृह विस्तार गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दी गृह विस्तार गर्न आदेश दिएका हुन ।

राष्ट्रपति ट्रम्पले यो सुविधाले कागजातविहीन आप्रवासीहरूलाई राख्ने सरकारको क्षमतालाई दोब्बर बनाउने र यसले अमेरिकालाई “आप्रवासी अपराधको संकट हटाउन एक कदम अगाडि’’ लैजाने बताएका छन् ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने बताएका हुन । विगतमा विभिन्न अमेरिकी प्रशासनहरूले आप्रवासीहरूलाई ग्वान्टानामो माइग्रेन्ट अपरेशन सेन्टरमा राखेका थिए ।

यो कदम कार्यकारी आदेशको रूपमा आउने र रक्षा मन्त्रालय पेन्टागनले कार्यान्वयन गर्ने बताइएको छ । क्युबाको ग्वान्टानामो खाडी अमेरिकी सैन्य आधार हो जहाँ सन् २००२ मा प्रतिआतंकवाद अभियानमा पक्राउ परेका संदिग्धहरूलाई राख्नका लागि हिरासत शिविर स्थापना गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिको योजनाको क्युबाले भने विरोध गरेको छ । राष्ट्रपति मिगुएल डियाज–क्यानेलले आप्रवासीहरूलाई यातना गृहमा राख्नुलाई क्रूरताको कार्य भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.