भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एचपीभी खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन शाखाले आग्रह

एचपीभी खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन शाखाले आग्रह

काठमाण्डौ । मङ्गलवार माघ २२ देखि फागुन ६ गतेसम्म देशैभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको छ । ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको सरकारले जनाएको छ ।

किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने जनाइएको छ । देशभर खोप पुर्‍याइएको र स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भइरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

जोखिम क्षेत्रका धेरै किशोरीहरु खोप लगाउन छुटेमा सबन्धित समुदायमै पुगेर पनि खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको जनाएको छ । एचपीभी खोपको मात्रा एक डोज लगाए जीवनभर पुग्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै कम हुने भएकाले खोप अभियानमा सहभागी हुन सरकारले आह्वान गरेको छ ।

अभियानका क्रममा हरेक सरकारी तथा निजी विद्यालयमा गएर खोप लगाउने र विद्यालय बाहिरका किशोरीलाई नजिकको पायक पर्ने विद्यालयमा व्यवस्था मिलाइएको छ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाहरुमा गएर पनि खोप लगाउन सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.