भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मध्यपुर ठिमीबाट लागूऔषधसहित एक जना पक्राउ

मध्यपुर ठिमीबाट लागूऔषधसहित एक जना पक्राउ

भक्तपुर । भक्तपुरमा लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मध्यपुरथिमी नगरपालिका वडा न ३ बस्ने बर्ष २७ को विशाल गिरीलाई पक्राउ गरेको हो । उनी सवार बा ९७ प २०९६ नं. को स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको डिकीबाट ट्रमाडोल –४६० ट्याब्लेट, होण्डा कम्पनीको स्कुटी – १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मध्यपुर ठिमी नगरपालिका वडा नं ५ राधेराधे स्थित काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका वडा नं ४ ओछार घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न ३ बस्ने विशाल गिरीलाई स्कुटीसहित नियन्त्रणमा लिएको हो ।

अहिले प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपाने बताए ।

 


Thali Mobile Pvt.Ltd.