भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरमा गाडी दुर्घटना, १५ यात्रु घाइते ३ जनाको अवस्था गम्भीर

कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरमा गाडी दुर्घटना, १५ यात्रु घाइते ३ जनाको अवस्था गम्भीर

काठमाडौं । कर्णाली राजमार्ण अन्तर्गत दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुङ्गेश्वरमा गाडी दुर्घटनामा भएको छ । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते हुनेमा दैलेख आठबीस नगरपालिका ४ का २५ वर्षीय रिदम शाही, अछाम ढकारी गाउँपालिका १२ की ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका ८ की ४ वर्षीया नेहा खड्का रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले बताए ।

कैलालीबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१००१ख३०४६ नम्बरको फोर्स गाडी मंगलबार साँझ दुर्घटना भएको हो । गाडी भित्तामा ठोकिएर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । गाडीमा २१ यात्रु सवार थिए ।

 


Thali Mobile Pvt.Ltd.