भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् मुख्य कार्यसूची

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् मुख्य कार्यसूची

काठमाडौँ, २८ चैत । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिले आ-आफ्ना कार्यसूचीसहित छलफल गर्न लागेका हुन्।

पूर्वाधार विकास समितिकाे  बिहान ११ बजे बस्नेछ । यो समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। विद्युत्सम्बन्धी नीति र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो विधेयकमाथि छलफल केन्द्रित हुनेछ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बैठक बिहान १० बजे सुरु हुनेछ । यो समितिको बैठकमा दुईवटा प्रमुख एजेन्डा छन्। पहिलो, चालु आर्थिक वर्ष २०८१–०८२ को बजेट खर्चको स्थिति को समीक्षा र दोस्रो, आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तयारी सम्बन्धमा छलफल। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सहभागी हुनेछन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिकाे बिहान ११ बजे बैठक बस्नेछ । यो समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ। पानीजहाज सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित गर्न यो विधेयक महत्वपूर्ण मानिएको छ।

 

 

 


Thali Mobile Pvt.Ltd.