भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् मुख्य कार्यसूची

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् मुख्य कार्यसूची

काठमाडौँ, २८ चैत । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिले आ-आफ्ना कार्यसूचीसहित छलफल गर्न लागेका हुन्।

पूर्वाधार विकास समितिकाे  बिहान ११ बजे बस्नेछ । यो समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। विद्युत्सम्बन्धी नीति र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो विधेयकमाथि छलफल केन्द्रित हुनेछ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बैठक बिहान १० बजे सुरु हुनेछ । यो समितिको बैठकमा दुईवटा प्रमुख एजेन्डा छन्। पहिलो, चालु आर्थिक वर्ष २०८१–०८२ को बजेट खर्चको स्थिति को समीक्षा र दोस्रो, आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तयारी सम्बन्धमा छलफल। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सहभागी हुनेछन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिकाे बिहान ११ बजे बैठक बस्नेछ । यो समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ। पानीजहाज सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित गर्न यो विधेयक महत्वपूर्ण मानिएको छ।

 

 

 


Thali Mobile Pvt.Ltd.