भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

हाइटीमा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको ज्यान गयो

हाइटीमा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको ज्यान गयो image

एजेन्सी। हाइटीमा आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । क्यारेबियन देश हाइटीमा प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा गोली चलेको हो ।

गोली चल्दा पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका थिए । खबरका अनुसार गोली लागेर दुई जना पत्रकार र एक जना प्रहरीको मृत्यु भएको छ । हमला भिभ अन्सानम समूहले गराएको थियो ।

यो गोलीबारीपछिका कयौँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो।
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन् ।

यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda