भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाघको आक्रमणबाट मकवानपुरको मनहरिमा एक जनाको मृत्यु

बाघको आक्रमणबाट मकवानपुरको मनहरिमा एक जनाको मृत्यु

मकवानपुर । बाघको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरिमा आइतबार बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका–५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बा रहेको प्रहरीले जनाएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.