भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

जुम्लाको तिला जलविद्युत् आयोजना निर्माणमा ७ अर्ब ५६ करोड लागत

जुम्लाको तिला जलविद्युत् आयोजना निर्माणमा ७ अर्ब ५६ करोड लागत

काठमाडौँ, २० मंसिर । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण भइरहेको ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण गर्न करिब ७ अर्ब ५६ करोडभन्दा बढी लागत लाग्ने भएको छ।

आयोजना क्षेत्रका तिला गाउँपालिका–१, ७ र तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ मा गरिएको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन माथिको सार्वजनिक सुनुवाइ सम्पन्न भएको आयोजनापक्षले जनाएको छ।

चार वर्षअघि सम्पन्न संभाव्यता अध्ययन अनुसार तिला नदीको ५२.५१ घनमिटर/सेकेन्ड डिजाइन डिस्चार्जमा आधारित आयोजना २०७८ सालमा विद्युत् विकास विभागबाट नापजाँच स्वीकृत भएको थियो।

आयोजना निर्माणपछि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म रोजगारी, रोयल्टी, सेयर तथा व्यापार–व्यवसाय वृद्धि हुने अनुमान गरिएको छ। तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले आयोजनाले लाभदायी प्रभाव पार्ने बताए।

उत्पादित विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारस्थित सबस्टेशनमा जोडिनेछ। पानी फिर्ता पठाउन २५ मिटर टेलरेस टनेल निर्माण गरिने र आयोजनाको संरचना तिला नदीको बायाँ किनारमा रहने जनाइएको छ।

आयोजनाका लागि ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा पर्दछ। निर्माण अवधिमा स्थानीयलाई प्राथमिकताका साथ रोजगारी दिने र व्यापार–व्यवसायमार्फत आय वृद्धि हुने अपेक्षा गरिएको छ।

आयोजनाबाट ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने देखिएको छ। प्रभावित घरधुरीको सूची सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको छ। अध्ययन अवधि सकिएपछि निर्माण कार्य अघि बढाइने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.