भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन : महिला–समावेशी प्रतिनिधित्व र आचारसंहितामा जोड

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन : महिला–समावेशी प्रतिनिधित्व र आचारसंहितामा जोड

काठमाडौं, २० मंसिर । निर्वाचन आयोगले आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ।

आयोगले निर्देशन दिएको उद्देश्य प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा आवश्यक सहयोग सुनिश्चित गर्नु, समावेशी–समानुपातिक प्रतिनिधित्व कायम राख्नु र सुशासनलाई मजबुत बनाउनु रहेको बताइएको छ।

निर्देशन अनुसार राजनीतिक दलले: प्रत्यक्षतर्फ उम्मेदवारी दिने क्रममा महिला उम्मेदवारको प्रतिनिधित्व एकतिहाईभन्दा कम नहुने व्यवस्था गर्नुपर्ने। लैङ्गिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवार मनोनयनको प्रक्रिया गर्नु पर्ने।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची आयोगमा समयमै पेश गरी त्यसको सार्वजनिकता सुनिश्चित गर्नु पर्ने। चुनावी प्रचारप्रसारमा धम्की, व्यक्तिगत लाञ्छना, चरित्र हत्या प्रयास वा विभेदजन्य कार्य नगर्ने।

सामाजिक सञ्जालमा महिला र समावेशी समूहको भावनामा नकारात्मक असर पर्ने गलत वा द्वेषपूर्ण सूचना प्रवाह नगर्ने। राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताका लागि आचारसंहिता लागू गर्नु पर्ने। सरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पत्तिको नोक्सानी/हानी पुर्याउने कार्य नगर्ने।

चुनावी घोषणापत्र आयोगमा पेश गरी त्यसको आधारमा प्रचारप्रसार गर्नु पर्ने।राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने सुनिश्चित गर्नु पर्ने।

निर्वाचन आयोगका अनुसार यी निर्देशनहरूले न्यायपूर्ण, पारदर्शी र समावेशी निर्वाचन सुनिश्चित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.