भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

तीनकुने घटनाका थप ६ अभियुक्तलाई थुनामा पठाउन अदालतको फैसला

तीनकुने घटनाका थप ६ अभियुक्तलाई थुनामा पठाउन अदालतको फैसला

काठमाडौँ, ३० जेठ । तीनकुने घटनामा आवेगपूर्ण गतिविधि गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँ बाहेक अन्य ६ जनालाई पनि काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोगित जम्मा ७ जनालाई थुनामा पठाउने फैसला गरेको हो। थुनामा राखिनेहरुमा घर आगजनी र पत्रकार सुरेश रजकको हत्या घटनामा संलग्न आरोपितहरू पनि समावेश छन्।

अदालतले दुर्गा प्रसाईँसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ।यो घटना पूर्व राजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा भएको आगजनीसँग सम्बन्धित छ। उक्त घटनामा समाचार सङ्कलनका लागि पुगेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

प्रदर्शनकारीहरूले आगजनी गरेको कारणले प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। प्रहरी अनुसन्धान अनुसार, रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही समेत आगजनीमा संलग्न रहेको पाइएको छ।

 


Thali Mobile Pvt.Ltd.