भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इजरायली आक्रमणमा इरान रेभोल्युसनरी गार्ड प्रमुखको मृत्यु

इजरायली आक्रमणमा इरान रेभोल्युसनरी गार्ड प्रमुखको मृत्यु image

एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो। इजरायली रक्षामन्त्री इजरायल काट्जले उक्त आक्रमणको पुष्टि गरेका छन्।

इरानमाथि आक्रमण भएपछि इजरायलले देशमा सम्भावित प्रतिकारात्मक कारबाहीको जोखिमका कारण संकटकाल घोषणा गरेको छ। रक्षामन्त्री काट्जका अनुसार शैक्षिक तथा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।

इरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडियो सन्देश मार्फत इरानको राजधानी तेहरानबाट करिब २२5 किलोमिटर टाढा पर्ने नातांंज सहरस्थित मुख्य परमाणु केन्द्रमा आक्रमण गरिएको बताए। इरानले सन् २०२१ मा सो केन्द्रमा भएको साइबर आक्रमणमा इजरायलको संलग्नता आरोप लगाएको थियो।

यसैबीच, अमेरिकाले इजरायली आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्ति जारी गर्दै इजरायलले आत्मरक्षाका लागि आक्रमण गरेको बताए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.