भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

इजरायली आक्रमणमा इरान रेभोल्युसनरी गार्ड प्रमुखको मृत्यु

इजरायली आक्रमणमा इरान रेभोल्युसनरी गार्ड प्रमुखको मृत्यु

एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो। इजरायली रक्षामन्त्री इजरायल काट्जले उक्त आक्रमणको पुष्टि गरेका छन्।

इरानमाथि आक्रमण भएपछि इजरायलले देशमा सम्भावित प्रतिकारात्मक कारबाहीको जोखिमका कारण संकटकाल घोषणा गरेको छ। रक्षामन्त्री काट्जका अनुसार शैक्षिक तथा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।

इरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडियो सन्देश मार्फत इरानको राजधानी तेहरानबाट करिब २२5 किलोमिटर टाढा पर्ने नातांंज सहरस्थित मुख्य परमाणु केन्द्रमा आक्रमण गरिएको बताए। इरानले सन् २०२१ मा सो केन्द्रमा भएको साइबर आक्रमणमा इजरायलको संलग्नता आरोप लगाएको थियो।

यसैबीच, अमेरिकाले इजरायली आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्ति जारी गर्दै इजरायलले आत्मरक्षाका लागि आक्रमण गरेको बताए।

 


Thali Mobile Pvt.Ltd.