भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, चिसोबाट बच्न सुझाव

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, चिसोबाट बच्न सुझाव

काठमाडौं । देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा पश्चिमी वायुको असर र स्थानीय वायु सक्रियताले हल्का वर्षा भइरहेको छ । राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुबै घटेसँगै कठ्याङ्ग्रिने जाडो भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै, न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन् । जसकारण मानिसहरुलाई एका विहानै घर बाहिरन निस्किन कठिनाई भएको छ ।

दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

 


Thali Mobile Pvt.Ltd.