भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा ६८ प्रतिशत प्रगति, रातिको अवरोध हट्यो

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा ६८ प्रतिशत प्रगति, रातिको अवरोध हट्यो

काठमाण्डौ । देउराली सडक खण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत डाँडा काट्नमा गरिएको अवरोध हटेको हो ।

मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान साढे ४ बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी गाडी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजनाले जनाएको छ ।मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ ।

पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् भने पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम शुरू भएको थियो । रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.