भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा ६८ प्रतिशत प्रगति, रातिको अवरोध हट्यो

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा ६८ प्रतिशत प्रगति, रातिको अवरोध हट्यो

काठमाण्डौ । देउराली सडक खण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत डाँडा काट्नमा गरिएको अवरोध हटेको हो ।

मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान साढे ४ बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी गाडी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजनाले जनाएको छ ।मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ ।

पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् भने पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम शुरू भएको थियो । रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.