झापा । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिए ।
यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।
कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...