भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बृहत भेलामा सहभागी हुन सबै रियलस्टेट व्यवसायीहरुलाई महासंघको आह्वान

बृहत भेलामा सहभागी हुन सबै रियलस्टेट व्यवसायीहरुलाई महासंघको आह्वान

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले यही असोज २१ गते बृहत भेला गर्ने भएको छ । पछिल्लो समय आर्थिक मन्दीको कारण देखाउँदै ठप्प बन्दै गएको रियल स्टेट व्यवसायीहरूको व्यवसाय चलायमान बनाउँने विषयमा छलफल गर्न नेपाल जग्गा तथा आवास विकास महासंघले उक्त बृहत भेलाको आयोजना गर्ने भएको हो ।

बृहत भेलामा मुलुकको अर्थतन्त्र खस्कीँदो अवस्था र ठप्प रहेको घरजग्गा व्यावसायलगायत समसामयिक विषयहरुमा छलफल हुँने नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ ।

बृहत भेला असोज २१ गते आईतबार कार्की व्यांक्वेट बबरमहल, काठमाडौंमा हुने छ । आइतबार दिउसो ३ बजे हुँने बृहत भेलामा सबै रियलस्टेट व्यवसायीहरुलाई सहभागी हुन नेपाल जग्गा तथा आवास बिकास महासंघले आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.