भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

असोज २६ देखि २८ गतेसम्म सडक महोत्सव हेर्न नगरकोट जाऔं

असोज २६ देखि २८ गतेसम्म सडक महोत्सव हेर्न नगरकोट जाऔं

भक्तपुर । नेपालकै एक पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव आयोजना गरिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ । महोत्सव असोज २६ गते देखि २८ गतेसम्म चल्ने समितिले जनाएको छ ।

नगरकोट प्रहरी चौकी तल मुल सडक, गडगडे स्कुल अगाडि, नगरको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए । महोत्सवमा प्रत्यक्ष सांगितिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरीकासाथ राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक रोहित मोक्तानले बताए ।

नगरकोटको पर्यटन प्रर्वद्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हव बनाउन सडक महोत्सव आयोजना गर्न लागेको चाँगुनारायण नगरपालिका वडा नं.६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए । उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने र २५ जटा स्टल रहने समितिका सचिव प्रदिप अघिकारीले बताए ।

महोत्सवमा स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरि नगरकोटको विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ आयोजना गरिएको हो ।

महोत्सवमा स्टल बुकिङ्ग खुल्ला गरिएको समितिले समितिले जनाएको छ । मेलामा रैथाने खानाका विभिन्न परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न विद्याको प्रदर्शन रहने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.