भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

हजारबढी विदेशी पर्यटक मन्थलीमा, होटलहरु भरिभराउ

हजारबढी विदेशी पर्यटक मन्थलीमा, होटलहरु भरिभराउ

काठमाडौं । यो समय पर्यटकका लागि उपयुक्त समय हो । हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यतिबेला यात्रामा निस्किने समय भएकाले स्वदेशी तथा विदेशीहरु यात्रामा छन् । रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम यतिबेला मन्थलीमा छ । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहेको अवस्था पनि छ ।

यही समयमा मन्थलीको मौसम खराव भइदिदा पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपरेको छ । यहाँका होटल व्यवसायीलाई पर्यटकको माग धान्नै धौधौ परेको छ । सोमबार र मङ्गलबार रोकिएका केही पर्यटक बुधबार उडे पनि १८ वटा उडान हुनासाथ लुक्लाको मौसम पुनः बिग्रिदा पर्याप्त उडान हुनसकेन । जसका कारण हजारबढी विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । सडक मार्गमार्फत मन्थलीबाट दैनिक रूपमा लुक्ला पठाउने गरिएको छ ।

तर बेला बेला मौसममा खराबी हुँदा विदेशी पर्यटक मन्थलीमै रोकिनुपर्दा व्यवस्थापनमा समस्या हुने गरेको होटल व्यवसायी बताउँछन् । क्षमताभन्दा बढी पर्यटकले आफूहरूलाई आवास व्यवस्थापन गर्न धौधौ हुने गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापका निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठ बताए । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त हुँदा नजिकको दूरीमा रहेको मान्थली एयरपोर्टबाट लुक्ला जाने पर्यटकलाई ओसारपसार गर्ने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.