भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आन्तरिक र छिमेकी पर्यटनलाई महत्व दिएर विकास गर्नुपर्नेमा जोड

आन्तरिक र छिमेकी पर्यटनलाई महत्व दिएर विकास गर्नुपर्नेमा जोड

भक्तपुर । स्वदेश तथा विदेशमा भक्तपुरको सही पहिचान प्रचार–प्रसार गर्न योगदान गर्नुपर्नेमा भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले जोड दिनुभएको छ । भक्तपुर नगरपालिकाको आयोजना भएको भक्तपुरका स्थानीय पथप्रदर्शक पुनतार्जगी तालिम कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथप्रदर्शक स्थानीय दूतको रुपमा हुने भएकोले सही, सत्य तथ्यपूर्ण जानकारी प्रदान गर्न आग्रह गर्नुभएको हो ।

उहाँले अन्तर्राष्ट्रिय पर्यटन धेरै विश्वासिलो नहुने र कुनै पनि घटना परिघटनाले यसमा प्रत्यक्ष असर गर्ने भएको अनुभवले सिकाएको हुँदा आन्तरिक र छिमेकी पर्यटनलाई महत्व दिएर विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्राकृतिक र सांस्कृतिक सौन्दर्यताले भरिपूर्ण रहेको चर्चा गर्दै उहाँले पर्यटनको आधारको रुपमा यसलाई विकास गरी देशको आर्थिक विकासमा योगदान गर्नुपर्नेमा पथप्रदर्शकहरुलाई मार्गनिर्देश गर्नुभयो ।

पर्यटनको विकासको लागि आवश्यक पूर्वाधार र सहजीकरणमा सरकार हालसम्म पनि सफल नभएको चर्चा गर्दै देशलाई आत्मनिर्भर बनाई विकास निर्माण अगाडि बढाउनुपर्ने बताउनुभयो । पर्यटन उद्योगको नकारात्मक प्रभावलाई न्युनीकरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संसारका सबैभन्दा बढी पर्यटकहरु घुम्ने पर्यटकीय गन्तव्यहरुबारे प्रकाश पार्नुभयो ।

पथ प्रदर्शकहरुले अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र घटनाबारे पनि जानकारी राख्नुपर्नेमा जोड दिन अध्ययन अध्यापनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पर्यटनको बुझाइमा एकरुपता आउनुपर्ने र गलत सूचनाबाट दिगो असर पर्नेबारे सचेत रहनुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्वागत मन्तव्य राख्दै स्थानीय पाठ्यक्रमबाट नयाँ पुस्तालाई भक्तपुरको इतिहास, संस्कृति र जीवनशैलीबारे शिक्षित पार्दै आएको जानकारी गराउनुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका पूर्व प्रमुख कृष्ण खरेल र भक्तपुर नपा पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले व्यवसायिकता मार्गदर्शन र सांस्कृतिक नगर भक्तपुरको परिचयबारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभयो ।

उक्त कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा र भक्तपुर नपा पर्यटन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.