भर्खरै : Sorry, your browser does not support inline SVG.
धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या |

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेको माग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन नेकपा एमालेले माग गरेको छ । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको कुराकानीबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत गएका थिए । भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेशमन्त्री मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीले पत्रकारहरुसँग गरेको विषय समाचारमा पढेको उल्लेख गर्दै एमाले सांसद पन्तले संसदलाई नै जानकारी गराउन माग गरेका हुन् । यसका लागि सभामुखले नै रुलिङ गर्नुपर्ने उनको माग छ ।

 

 


Thali Mobile Pvt.Ltd.