भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

प्रधानमन्त्रीले पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने

प्रधानमन्त्रीले पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए।

उनका अनुसार घोषणा मूल समारोहअघि बसुन्धरा उद्यानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ। घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ। ‘प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्‍यालीपछि समारोह हुनेछ। राजधानी शहरको प्रतिमा अनावरणपछि औपचारिक घोषणा हुनेछ’, उनले भने।

घोषणा समारोहलाई भव्य बनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ। समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिव, पोखराका छिमेकी पालिका रूपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष र पर्यटन संघ संस्थालगायत छन्।

राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउन नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको छ।

प्रदेश सरकारले आफ्नो राजधानी शहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो। समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो। पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सव बनाउने गरी भव्य बनाउने गरी तयारी गरेको बताए। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। रासस

 


Thali Mobile Pvt.Ltd.