भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

२३ औं निरंकारी सन्त समागम भक्तपुर जिल्लाको सल्लाघारि हुँदै

२३ औं निरंकारी सन्त समागम भक्तपुर जिल्लाको सल्लाघारि हुँदै

भक्तपुर । २३ औं निरंकारी सन्त समागम भक्तपुर जिल्लाको सल्लाघारि विशाल मैदानमा हुने भएको छ । २३ औं निरंकारी सन्त समागम नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै चत्रै ३ र ४ हुने जानकारी दिएको हो । समागमको तयारी एवं सम्पन्न कार्यमा करिब १२०० सेवादल सदस्य (स्वयं सेवक) हरु सेवामा तत्पर रहेको आयोजकको भनाई छ ।

स्वास्थ्य एवं समाज कल्याणको लागि डिस्पेन्सरी पनि राखिएको छ । समागम स्थलमा क्यान्टिनको पनि व्यवस्था गरिएको छ ताकि आएका श्रदालुहरुलाई सहज तथा सुपथ मुल्यमा सेवा उपलब्ध हुन सकोस भन्ने हिसावले निरंकारी प्रदर्शनी मार्फत समागमको महत्व, कल्याण यात्रा, विश्वमा सन्त निरंकारी मिशनद्वारा समाज कल्याणको क्षेत्रमा भइरहेका गतिविधि, नेपालमा मिशनको इतिहास लगायत विविध विषय प्रस्तुत गरिनेछ २३ औं निरंकारी सन्त समागम नेपालले जनाएको छ ।

प्रकाशन विभागद्वारा स्टल पनि लगाईने छ जसमा मिशनको साहित्य, फोटो, डायरी आदिका साथै विभिन्न भाषामा प्रकाशित पुस्तकहरु उपलब्ध रहने छन्। त्यस्तै आएका श्रद्धालु भक्तहरुको लागि निःशुल्क खानु–बस्न व्यवस्था, यातायात, पानी, शौचालय आदिको पनि व्यवस्था गरिएको छ । सन्त निरंकारी मिशनद्वारा समाज कल्याणको लागि निःशुल्क स्वस्थ्य जाँच एवं रक्तदान शिविर गत फाल्गुन २६ गते भक्तपुरको सल्लाघारीमा संचालन गरिएको थियो, जसमा १ सय २७ प्वाईन्ट रगत संकलत गरेर नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरिएको थियो ।

विश्वमा सन्त निरंकारी मिशन रक्तदान गर्ने सूचीमा अग्रणी स्थानमा रहेको छ जस अन्तर्गत हालसम्म ७,३६० रक्तदान शिविर संचालन गरिसकिएका छन् । मिशनको भारतको मुम्बईमा आफ्‌नै ब्लोड बैंक पनि रहेको छ । अहिलेसम्म मिशनले १२,१६,२१७ युनिट रगत संकलन गरिसकेको छ । नेपालमा सन्त निरंकारी मण्डलले आफ्‌नो स्थापना कालदेखि नै भूकम्प पिडितहरुलाई राहत प्रदान गर्दै आएको छ, त्यस्तै अमृत प्रोजेक्टको माध्यमबाट नदी–नाला, मसानघाट, पिकनिक स्थाल आदिको सरसफाई अभियानलाई निरन्तरता दिदै आएको छ ।

रक्दान अभियानलाई अगाडि बढाउदै रगत नालीमा होइन, नाडीमा बगाऔं मन्ने मिशनको नारालाई साकार पार्दै विभिन्न समयमा रक्तदान शिविरको आयोजना गर्दै आएको २३ औं निरंकारी सन्त समागम नेपालले जनाएको छ। सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो । सन्त निरंकारी मिशनले विभिन्न विचारधाराहरुमा आस्था राख्ने संसारका सबै मानवहरुको सम्मान गर्दछ ।

यसले युगौं–युगदेखि पवित्र ग्रन्थहरुमा स्थापित यस मान्यतामा विश्वास राख्छ कि साकार सत्गुरुको माध्यमबाट नै परमपिता परमात्माको जानकारी प्राप्त हुन सक्छ र आत्मबोध नै मानव जीवनको परम लक्ष्य हो। ईश्वर प्राप्तिद्वारा नै विश्व भाइचारा एवं शान्ति स्थापना सम्भव छ भन्दै २३ औं निरंकारी सन्त समागम हुन लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.