भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

उपत्यकाभित्र १० महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाखभन्दा धेरै

उपत्यकाभित्र १० महिनामा  ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाखभन्दा धेरै

काठमाडौं । ट्राफिक प्रहरीले १० महिनामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख जनाभन्दा धेरै गाडी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ जना चालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, जाँड–रक्सी खाएर गाडी चलाउने, जथाभाबी हर्नलगायत विभिन्न कसुरमा चालकहरूलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक जना, जाँडरक्सी खाएर गाडी चलाउने ३२ हजार ८३ जना, तीव्र गतिमा गाडी चलाउने एक लाख आठ हजार आठ सय ३४ जना र रातो बत्ती बलेको बेला गाडी चलाउने २६ हजार एक सय ३६ चालक रहेका छन् ।

यस्तै गाडीमा यात्रु तोकिएभन्दा धेरै राख्ने पाँच हजार पाँच सय ७८ जना, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४ जना र सीसीटीभी क्यामेराबाट ५३ हजार चार सय ६६ जना चालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.