भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकाभित्र १० महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाखभन्दा धेरै

उपत्यकाभित्र १० महिनामा  ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाखभन्दा धेरै

काठमाडौं । ट्राफिक प्रहरीले १० महिनामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख जनाभन्दा धेरै गाडी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ जना चालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, जाँड–रक्सी खाएर गाडी चलाउने, जथाभाबी हर्नलगायत विभिन्न कसुरमा चालकहरूलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक जना, जाँडरक्सी खाएर गाडी चलाउने ३२ हजार ८३ जना, तीव्र गतिमा गाडी चलाउने एक लाख आठ हजार आठ सय ३४ जना र रातो बत्ती बलेको बेला गाडी चलाउने २६ हजार एक सय ३६ चालक रहेका छन् ।

यस्तै गाडीमा यात्रु तोकिएभन्दा धेरै राख्ने पाँच हजार पाँच सय ७८ जना, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४ जना र सीसीटीभी क्यामेराबाट ५३ हजार चार सय ६६ जना चालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.