भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

चार्डपर्वमाट्राफिकलाई ‘चिट’को चटारो

चार्डपर्वमाट्राफिकलाई ‘चिट’को चटारो

काठमाडौं । चार्डपर्व नजिकिएसंगै सडकमा खटिएका ट्राफिक प्रहरीलाई जसरी हुन्छ ‘चिट’ काट्न हतारो भएको देखिन्छ । कुनै न कुनै वहानामा चिट थमाइहाल्ने गरेको सवारी चालक बताउँछन् । गत आर्थिक वर्ष मात्रै ट्राफिक प्रहरीले एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० रुपैयाँ राजस्व उठाएको थियो ।

राजस्वमध्ये मापसे शीर्षकमा नौ करोड २६ लाख, सिट बेल्ट शीर्षकमा पाँच करोड ९७ लाख, मोबाइल फोन शीर्षकमा १० करोड, तीव्र गतिमा १० करोड, लेन मिचेकोमा चार करोड ८५ लाख जरिवाना गरिएको थियो । एक वर्षमा भएको झन्डै ३५ लाख ट्राफिक कारबाहीमा एक अर्ब ७५ करोडभन्दा बढी राजस्व उठेको हो ।

प्रहरीले चिट काट्न देखाएको चटारोका कारण ट्राफिक र सर्वसाधारणको सम्बन्धमा भने दरार पैदा भएको देखिन्छ। प्रहरी मेरो साथी र मुस्कानसहितको सेवा अभियान ओझेलमा परेको वटुवाहरु बताउँ छन् । ट्राफिकहरू चिट काट्न व्यस्त छन् । अनि चालकहरू ट्राफिकप्रति आक्रामक हुन थालेका भिडियो सार्वजनिक हुन थालेका छन् ।

भक्तपुरको गठ्ठाघरको दुर्घटनापछि त सर्वसाधारण अहिले झनै आक्रामक देखिएका छन । चेकिङ गर्न बाटोमै बसेका कारण स्कुटी चालकको ज्यान गुमाएको सर्वसाधारणको आरोप छ । ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारण दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि जाइलाग्दा सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीले भागाभाग गर्नुपर्ने स्थिति आएको थियो ।

ट्राफिक प्रहरीको मुख्य काम प्रचलित कानुनले दिएको अधिकारको अधीनमा रही सडकमा ट्राफिक नियमन र नियन्त्रण गर्नु रहेको भन्दै चालकले मापसे गरेर साधन चलाएको छ ? कि उससँग लाइसेन्स÷बिलबुक छैन  ? उसले ट्राफिक नियमविपरीत चलाएको छ ? यसको नियमन गर्ने जिम्मा, कर्तव्य र अधिकार ट्राफिक प्रहरीको रहेको छ । नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् ।

दुर्घटनामा औसतमा सात जनाको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष २०८०, ८१ मा देशभर भएका २२ हजार नौ सय २७ सवारी दुर्घटनामा दुई हजार तीन सय ६९ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । ट्राफिक कारबाही बढ्दै गए पनि दुर्घटनाको संख्या घटेको देखिँदैन । सरकारले बनाएको नियमअनुसार प्रहरीले कारबाही गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका पूर्वडिआइजी केशव अधिकारी बताउँछन् । यसको दोष ट्राफिक प्रहरीमा मात्र सीमित गर्न नहुने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.