भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा रेल दुर्घटना हुदाँ पाँच जनाको मृत्यु , २५ भन्दा बढी घाइते

भारतमा रेल दुर्घटना हुदाँ पाँच जनाको मृत्यु , २५ भन्दा बढी घाइते

काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर)का अधिकारीले बताएका छन्।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसननजिकै स्थानीय समयअनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उनी स्तब्ध भएको उल्लेख गरेका छन्।

जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ।

घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ।-एजेन्सी

 


Thali Mobile Pvt.Ltd.