भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालय मुस्ताङको आग्रह

अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालय मुस्ताङको आग्रह

काठमाडौं । मुस्ताङका सबै नाका बन्द भएका छन्। लगातारको वर्षापछिको पहिरोका कारण सबैका नाका बन्द भएका हुन । बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ ।

मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङमा नाका बन्द भएको हो। वर्षासँगै असार १५ देखि जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएकाले जटिल प्रकारका बिरामी भएको खण्डमा उपचारका लागि लैजानसमेत समस्या हुन सक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जोमसोम–बेनी सडकको मार्फा खोलामा बाढी आउँदा पटक पटक अवरुद्ध हुने गरेको छ । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि पूरै बन्द भएको छ।
धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै कष्टकर र जोखिम पनि भएकाले अहिले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालयले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.