भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पोखरामा ट्रायथोलन च्याम्पियनसिप हुने

पोखरामा ट्रायथोलन च्याम्पियनसिप हुने

कास्की । पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइने छ।

स्प्रिन्टअन्तर्गत फेवातालमा ७५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ। अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइने छ । दौड गौरीघाट(शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रूटमा यथावत् हुनेछ ।

च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला संघका पदाधिकारीको बैठक बसेको थियो । बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन संघ र एसियन ट्रायथोलन एसोसिएसनका अध्यक्षलगायतको सहभागिता हुने बताए। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी–व्यवसायीले अपनत्व लिनेगरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।

‘एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रवर्द्धनका लागि च्याम्पियनसिपले ठूलो भूमिका खेलेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्नेभन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ।’

पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । रासस

 

 


Thali Mobile Pvt.Ltd.