भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तानमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु

पाकिस्तानमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु

एजेन्सी । पाकिस्तानमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएका हमलामा १० जना प्रहरीको मृत्यु भएको हो ।

प्रहरी र सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए। प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक सिल गरी खोजी अभियान सुरू गरिएको जनाएको छ। अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

अज्ञात आतंककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो।

आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए। मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढेपछि सो क्षेत्रमा खटिएका स्वाबी जिल्लाका इलाइट फोर्स अफ पुलिसका ६ जना अधिकारी रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.