भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन २०८१: कीर्तिपुर क्याम्पसमा मतदान सुरु

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन २०८१: कीर्तिपुर क्याम्पसमा मतदान सुरु

काठमाडौं, १८ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान आज बिहान ८ बजेदेखि सुरु भएको छ। निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले मतदान प्रक्रिया सुरु भएको पुष्टि गरेका छन्।

स्ववियु निर्वाचन यसअघि चैत ८ मा तय भएको थियो, तर उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशले रोकिएको थियो। गत शुक्रबार अदालतले अन्तरिम आदेश खारेज गरेपछि निर्वाचन समितिले शनिबार नयाँ मिति तय गरी आज मतदान सुरु गरेको हो।

त्रिवि क्याम्पसमा अखिलका सिद्धान्त भट्ट, नेविसंघका दीपक जोशी, अखिल क्रान्तिकारीका प्रवीन दाहाल, र स्वतन्त्र उम्मेदवार पद्मा भुसाल तथा उज्ज्वल खड्काबीच प्रतिस्पर्धा छ। इल्क्ट्रोनिक मतदान प्रणालीमार्फत ६ हजार मतदाताले मतदान गर्दैछन्। मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।

 


Thali Mobile Pvt.Ltd.