भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

ट्रम्पको पुटिनप्रति खरो आक्रोश: ‘म युक्रेन युद्ध र युक्रेनमाथि आक्रमणबाट दुखी छु’

ट्रम्पको पुटिनप्रति खरो आक्रोश: ‘म युक्रेन युद्ध र युक्रेनमाथि आक्रमणबाट दुखी छु’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफू निकै रिसाएको र दुखी भएको खुलासा गरेका छन्। एनबीसी न्यूजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेकोमा असन्तुष्टि व्यक्त गरे।

ट्रम्पले युक्रेन युद्धविराममा पुटिन सहमत नभए रूसबाट तेल आयात गर्ने देशहरूमाथि ५० प्रतिशत कर लगाउने चेतावनी दिए। उनले भने, “यदि रूस र म युक्रेनमा रक्तपात रोक्न सम्झौतामा पुग्न सकेनौँ भने, म रूसको तेलमा थप कर लगाउनेछु। यो रूसको गल्ती हो भन्ने मलाई लाग्छ।”

एनबीसीका अनुसार, १० मिनेटको अन्तर्वार्तामा ट्रम्पले पुटिनको जेलेन्स्कीप्रतिको आलोचनाबाट आफू आहत भएको बताए। तर, ट्रम्पले यसअघि जेलेन्स्कीलाई तानाशाह भन्दै चुनाव गराउन दबाब दिएका थिए। अमेरिकी राष्ट्रपति कार्यालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यता, युरोपेली नेताहरू ट्रम्प र पुटिनबीचको निकटताबाट चिन्तित छन्।

 


Thali Mobile Pvt.Ltd.