भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

त्रिशूलीमा गाडी खस्यो, उद्वारका लागि गोताखोर परिचालन

त्रिशूलीमा गाडी खस्यो, उद्वारका लागि गोताखोर परिचालन

काठमाडौं । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका स्थित त्रिशूली नदीमा ‘गाडी खसेको छ।

आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको मुग्लिन प्रहरीले जनाएको छ । सूचना आएपछि गोताखोरको टोली परिचालन गरिएको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले बताए ।

गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने खुलेको छैन ।

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएपनि अहिलेको हो या पुरानो भन्ने यकिन नभएको इन्सपेक्टर विशाल तामाङले बताए ।

 


Thali Mobile Pvt.Ltd.