भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

चीन विरोधीहर्कतमा ट्रम्प कदम, कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने

चीन विरोधीहर्कतमा ट्रम्प कदम, कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् । उनी चीनको कट्टर आलोचक हुन् । रोयटर्सका अनुसार ट्रम्पको यो कदम चीन विरोधी पहिलो हर्कत भएको छ ।

फ्लोरिडाका जनप्रतिनिधि वाल्ट्ज सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको उपस्थितिको घोर विरोधी हुन । एपीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद हो । यसको नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन ।

माइक वाल्ट्ज को हुन ?
एक अमेरिकी राजनीतिज्ञ, सेवानिवृत्त सैनिक र लेखक हुन् । रिपब्लिकन पार्टीका सदस्य राष्ट्रिय सुरक्षा मामिलामा अनुभवी छन् । उनीसँग अमेरिकी रक्षा नीति, आतंकवाद विरोधी रणनीति र विदेशी सम्बन्धबारे राम्रो अनुभव रहेको छ । अमेरिकी सेनामा विशेष फोर्सको रूपमा सेवा गरेको अनुभव छ ।

उनी अफगानिस्तानमा समेत तैनाथ भएका थिए । सैन्य र कूटनीतिक अनुभवहरू समेटिएका पुस्तकमा उनले चीनलाई अमेरिकी सुरक्षा र अन्तर्राष्ट्रिय स्थिरताका लागि मुख्य चुनौतिको रुपमा व्याख्या गरेका छन् । चीनले प्रविधि, साइबरस्पेस र आर्थिक रणनीतिमार्फत् अमेरिका र अरु देशहरुमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव रोक्नका लागि उनले पाँच भागका रणनीतिबारे पनि उल्लेख गरेका छन् ।

ती रणनीतिहरुमा ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने, प्रशान्त क्षेत्रका देशहरुलाई अमेरिकी सहयोगप्रति आश्वस्त बनाउनुपर्ने, विमान तथा पानीजहाजको आधुनिकीकरण गर्नुपर्ने लगायत विषय उल्लेख छन् ।

ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरेका छन् । ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । होमन ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट विभागको कार्यकारी निर्देशक थिए । न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.