काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् । उनी चीनको कट्टर आलोचक हुन् । रोयटर्सका अनुसार ट्रम्पको यो कदम चीन विरोधी पहिलो हर्कत भएको छ ।
फ्लोरिडाका जनप्रतिनिधि वाल्ट्ज सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको उपस्थितिको घोर विरोधी हुन । एपीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद हो । यसको नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन ।
माइक वाल्ट्ज को हुन ?
एक अमेरिकी राजनीतिज्ञ, सेवानिवृत्त सैनिक र लेखक हुन् । रिपब्लिकन पार्टीका सदस्य राष्ट्रिय सुरक्षा मामिलामा अनुभवी छन् । उनीसँग अमेरिकी रक्षा नीति, आतंकवाद विरोधी रणनीति र विदेशी सम्बन्धबारे राम्रो अनुभव रहेको छ । अमेरिकी सेनामा विशेष फोर्सको रूपमा सेवा गरेको अनुभव छ ।
उनी अफगानिस्तानमा समेत तैनाथ भएका थिए । सैन्य र कूटनीतिक अनुभवहरू समेटिएका पुस्तकमा उनले चीनलाई अमेरिकी सुरक्षा र अन्तर्राष्ट्रिय स्थिरताका लागि मुख्य चुनौतिको रुपमा व्याख्या गरेका छन् । चीनले प्रविधि, साइबरस्पेस र आर्थिक रणनीतिमार्फत् अमेरिका र अरु देशहरुमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव रोक्नका लागि उनले पाँच भागका रणनीतिबारे पनि उल्लेख गरेका छन् ।
ती रणनीतिहरुमा ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने, प्रशान्त क्षेत्रका देशहरुलाई अमेरिकी सहयोगप्रति आश्वस्त बनाउनुपर्ने, विमान तथा पानीजहाजको आधुनिकीकरण गर्नुपर्ने लगायत विषय उल्लेख छन् ।
ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरेका छन् । ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । होमन ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट विभागको कार्यकारी निर्देशक थिए । न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...
भक्तपुर, २५ असार । सुर्यविनायक नगरपालिकाको जामुनीमा अवस्थित सुर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट...
काठमाडौं, २५ असार । नेपाल चिकित्सक सङ्घ र सरकारले हिजो साँझ तीन बुँदे सहमति गरेपछि चिकित्सक सङ्घले आह्वान गरेका सबै आन्दोलन स्थगित भएका छन्। यसपछि आजदेखि देशभरिका अस्पतालमा सेवा...
काठमाडौं, २४ असार । देशका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि व्यापक वर्षा भइरहेको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...