भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

युक्रेन–रुस शान्ति वार्तामा ट्रम्प र पुटिन अनिवार्य उपस्थित हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

युक्रेन–रुस शान्ति वार्तामा ट्रम्प र पुटिन अनिवार्य उपस्थित हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

काठमाडौँ, २ जेठ । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनसँगको शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनिवार्य उपस्थित हुनु पर्ने बताएका छन्।

टर्कीमा सम्पन्न नाटो विदेश मन्त्रीहरूको बैठकपछि रुबियोले रुसी–युक्रेन युद्ध रोक्नका लागि ट्रम्प र पुटिनले पहल गर्नुपर्ने बताए। उनले भनाए, पुटिनले टर्कीमा हुने शान्ति वार्तामा आफू नजाने र प्रतिनिधिमण्डल मात्र पठाउने निर्णय गरेपछि वार्ता निष्कर्षमा पुग्नेमा शंका व्यक्त भएको छ।

यसअघि रुसी राष्ट्रपति पुटिनले आफ्ना सहयोगी भ्लादिमिर मेडेन्सकीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएका थिए भने युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि यसलाई आलोचना गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि खाडी मुलुकहरूको भ्रमणका क्रममा वार्ताबाट ठोस निकास निस्कन र युद्ध अन्त्य गर्न आफू र पुटिनकै वार्ता आवश्यक रहेको बताउँदै आएका छन्। यसअघि युरोपेली नेताहरू र युक्रेनी पक्षले ३० दिनको युद्ध विराम प्रस्ताव गरेका थिए। त्यसको प्रतिक्रिया स्वरूप पुटिनले द्विपक्षीय वार्ताको प्रस्ताव राखेका थिए।

 


Thali Mobile Pvt.Ltd.