भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्रम्पको धारणा: युक्रेनले रुसबाट आफ्नो भू–भाग फिर्ता लिन सक्ने

ट्रम्पको धारणा: युक्रेनले रुसबाट आफ्नो भू–भाग फिर्ता लिन सक्ने

काठमाडौं, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले कब्जा गरेका सम्पूर्ण भू–भाग युक्रेनले फिर्ता लिन सक्ने बताएका छन्। यो ट्रम्पको युक्रेनप्रति धारणा परिवर्तनका रूपमा हेरिएको छ।

संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीको साथमा भेटघाटपछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै, युरोप र नाटोको सहयोगमा युक्रेन आफ्नो मूल सीमासम्म फर्किन सक्ने बताएका हुन्।

यसअघि ट्रम्पले युक्रेनले केही भू–भाग सम्झौतामा गर्नुपर्ने बताउँदै आएका थिए। महासभामा भाषण दिंदै उनले रुसको लामो युद्धलाई “कागजी बाघ” संज्ञा दिएका र यूरोपलाई रूसी तेल–ग्यास खरिद पूर्णरूपमा रोक्न आग्रह गरेका थिए।

जेलिन्स्कीले ट्रम्पको समर्थनलाई “गेम चेन्जर” भनेका छन्। यसैगरी, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले पनि अमेरिकाको नयाँ समर्थनलाई स्वागत गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.