भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

ट्रम्पले वेष्ट बैंकलाई इजरायलमा गाभ्न नदिने प्रतिबद्धता जनाए

ट्रम्पले वेष्ट बैंकलाई इजरायलमा गाभ्न नदिने प्रतिबद्धता जनाए

काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेष्ट बैंकमा इजरायललाई समेट्ने प्रयास रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।इजरायली संसदले वेष्ट बैंकलाई इजरायलको भूभागमा समेट्ने विधेयकको प्रारम्भिक अनुमति दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। यो कदमको अरब मुलुकहरूले चर्को विरोध गरेका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने, “यदि यो कुनै राजनीतिक स्टन्ट हो भने मूर्खतापूर्ण हुनेछ। राष्ट्रपति ट्रम्प वेष्ट बैंकलाई इजरायलमा मिलाउने कुराको सख्त विरोधमा हुनुहुन्छ।”अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलको यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनामा गम्भीर क्षति पुग्ने बताए।

यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच आगामी ३० अक्टोबरमा दक्षिण कोरियामा भेट हुने भएको छ। भेटको अवसर एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (APEC) सम्मेलनमा हुनेछ। एपेक सम्मेलन ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म चल्नेछ।

अमेरिका र चीनबीच जारी व्यापार युद्धको पृष्ठभूमिमा, दुई राष्ट्रपतिबीचको भेटलाई महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा लिइएको बीबीसीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.