भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ट्रम्पले वेष्ट बैंकलाई इजरायलमा गाभ्न नदिने प्रतिबद्धता जनाए

ट्रम्पले वेष्ट बैंकलाई इजरायलमा गाभ्न नदिने प्रतिबद्धता जनाए

काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेष्ट बैंकमा इजरायललाई समेट्ने प्रयास रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।इजरायली संसदले वेष्ट बैंकलाई इजरायलको भूभागमा समेट्ने विधेयकको प्रारम्भिक अनुमति दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। यो कदमको अरब मुलुकहरूले चर्को विरोध गरेका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने, “यदि यो कुनै राजनीतिक स्टन्ट हो भने मूर्खतापूर्ण हुनेछ। राष्ट्रपति ट्रम्प वेष्ट बैंकलाई इजरायलमा मिलाउने कुराको सख्त विरोधमा हुनुहुन्छ।”अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलको यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनामा गम्भीर क्षति पुग्ने बताए।

यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच आगामी ३० अक्टोबरमा दक्षिण कोरियामा भेट हुने भएको छ। भेटको अवसर एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (APEC) सम्मेलनमा हुनेछ। एपेक सम्मेलन ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म चल्नेछ।

अमेरिका र चीनबीच जारी व्यापार युद्धको पृष्ठभूमिमा, दुई राष्ट्रपतिबीचको भेटलाई महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा लिइएको बीबीसीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.